लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गीता केसी नियुक्त « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा गीता केसी नियुक्त


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । लुम्बिनी प्रदेश योजना आयोगको महिला सदस्यमा कपिलवस्तुकी गीता केसी नियुक्त भएकी छन्। योसँगै आयोगले पूर्णता पाएको छ। 

शुक्रबारको मन्त्रिपरिषद्को बैठकले ४९ वर्षीया केसीलाई योजना आयोगको रिक्त रहेको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो । 

सरकार प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेयका अनुसार उपाध्यक्षसहित चार सदस्य रहने योजना आयोगमा उपाध्यक्षमा डा. नहकुल केसी र अन्य दुई सदस्य यसअघि नै नियुक्त भइसकेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस