कोशीविरूद्ध बागमतीका आशुतोष घिराइयाको शतक  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

कोशीविरूद्ध बागमतीका आशुतोष घिराइयाको शतक 


५ माघ २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अर्को शतक प्रहार भएको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेशका आशुतोष घिराइयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका हुन्। 

टस जितेको कोशीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीका ओपनर आशुतोषले ११८ रन बनाएका हुन्। उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गरे।

जारी प्रधानमन्त्री कपमा यो पाँचौँ शतक हो। यसअघि कोशीका सुजन थपलियाले नेपाल पुलिस क्लबविरुद्ध शतक प्रहार गरेका थिए। 

पहिलो दिन नेपाल पुलिस क्लबका रसिद खान, दोस्रो दिन नेपाल एपिएफ क्लबका सन्दीप जोरा र तेस्रो दिन त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका थिए। 

Tags :
प्रतिक्रिया दिनुहोस