मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मुलुकमा दलहरूबीच सहमति र सहकार्य आवश्यक : कृष्णप्रसाद सिटौला


४ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले मुलुकमा अहिले दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन् । संविधान निर्माण भएपनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए ।

बुधबार धनकुटाको हिलेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिटौलाले ठुला-ठुला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए ।

‘मुलुकमा यति ठूलो राजनीतिक परिवर्तनपछि हामीले ठूलो सङ्घर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ संविधानसभामा मस्यौदा समितिको संयोजक समेत रहेका सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबीच सहकार्य र एकता आवश्यक हुन्छ ।’ उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस