२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ सहसचिवको सरुवा, सूची अन्तिम रुप दिन बाँकी !

अ+ अ-

काठमाडौँ । सरकारले २८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बुधवार(आज) बसेको मन्त्रिपरिषद् बैठकले संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले सरुवा गर्ने निर्णय गरे पनि केही नामावली भने अझै मिलाउन बाँकी रहेको एक मन्त्रीले बताए । यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले सरुवा आजको बैठकबाट टुंगिसकेको बताएकी छिन् । 

‘प्रधानमन्त्रीज्यू व्यस्त भएकोले उहाँले हेर्न नभ्याउँदा केही समय लागेको हो’, मन्त्री साहले भनिन् ‘आजको मन्त्रिपरिषद्ले निर्णय गरिसक्यो’

तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्रोतले सैद्धान्तिक रूपमा निर्णय भए पनि केही व्यक्तिहरूको मिलाउन बाँकी रहेको जानकारी दिएको छ । 

‘काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसमेत गरेर २८ जना सहसचिवको सरुवा गर्ने भन्ने भएको छ’ प्रशासन सिंहदरवार उच्च स्रोतले भन्यो, ‘तर प्रधानमन्त्री कार्यालयबाट प्राविधिकसहित चार-पाँच जना सहसचिवको मिलाएर ल्याउनुस् भनेको छ, सम्भवतः भोली सामान्य प्रशासन मन्त्री र मुख्यसचिवले बसेर अन्तिम रूप दिनुहुन्छ होला’

खासगरी प्रदेश पठाउने केही प्राविधिक सहसचिवहरूको सरुवामा सामान्य प्रशासन मन्त्री र मुख्य सचिवबिच कुरा मिलेको थिएन । सामान्य प्रशासन मन्त्रालयले पठाएको सूचीमा केही फेरबदलसहित पठाउन भनिएकोमा मन्त्री अनिता देवीले नमानेपछि आज अपराह्न भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो । 

सरुवा जस्तो नियमित प्रक्रियालाई अनावश्यक लम्बेतान गरिएको भन्दै कर्मचारी वृत्तमा चौतर्फी आलोचना पछि आजको मन्त्रिपरिषद्लाई टुङ्गो लगाउन दबाब सिर्जना भएको थियो । पुस पहिलो साताबाट बनाउन लागिएको सूची माघ लागिसक्दासमेत फेरबदलमै अल्झिएको बारे प्रशासन डटकमले निरन्तर समाचार लेख्दै आएको थियो । 

सम्बन्धित समाचार : दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, वरिष्ठलाई प्रदेश पठाइँदै 

सम्बन्धित समाचार : सरुवा हुने सहसचिवको संख्या तीन दर्जन पुग्यो, सामान्यले टुङ्ग्यायो सूची 

सम्बन्धित समाचार : २७ सहसचिवको सरुवा सूची प्रधानमन्त्री कार्यालयमा, आज निर्णय हुन सक्ने 

सम्बन्धित समाचार : कहाँ रोकियो सहसचिवको सरुवा ?

प्राप्त जानकारी अनुसार अहिलेको सरुवामा काठमाडौँ महानगरमा प्रमुख प्रशासकीय अधिकृत को जाने भन्ने विषय चर्चामा छ । प्रशासन ब्युरोलाई प्राप्त जानकारी अनुसार बालेनको रोजाइमा ‘युवा सहसचिव’ परेका छन् । ‘इन्टेग्रिटी’ हाइ भएका युवा सहसचिव नै पठाउने निर्णय भएको स्रोतले जानकारी दिएको छ ।  

यसैबिच महानगरका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भने दलित आयोग तथा समावेशी आयोगमध्ये एउटामा हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस