हत्या गर्छु भनेर १५ लाख फिरौती माग्ने ३ जना पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

हत्या गर्छु भनेर १५ लाख फिरौती माग्ने ३ जना पक्राउ


३ माघ २०८०, बुधबार


काठमाडौँ । विभिन्न नम्बरबाट फोन गरेर १५ लाख नदिए सुट गरेर हत्या गर्छु भनेर धम्काएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देहीको असुरैना वडा नं. १ घर भई भरतपुर महानगरपालिका वडा नं. १ मा व्यवसाय गरेर बस्ने करन गुप्तालाई बारम्बार फोन गरेर रकम  मागेको आरोपमा तीन जनालाई चितवन प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-२१ बस्ने २७ वर्षका सरोज सुनार, भरतपुर महानगरपालिका-१ का २६ वर्षीय दिपक विक भरतपुर महानगरपालिका-२६ बस्ने वर्ष २५ को सागर बिक रहेका छन् । उनीहरूलाई प्रहरीले १५ लाख रकम दिने भन्दै लोभ्याएर पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको कमाण्डमा खटिएको प्रहरीको विशेष टोलीले फिरौती रकम दिन लगाएर उनीहरूलाई मंगलबार नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका तीनै जनालाई चितवन जिल्ला अदालतबाट आपराधिक षड्यन्त्र मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस