प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित


३ माघ २०८०, बुधबार


काठमाडौँ । दिनेश अधिकारीले अर्धशतक र तीन विकेट लिएपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित हात पारेको छ।

बुधबार भैरहवामा भएको खेलमा कर्णालीले घरेलु टिम लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्‍यो। कर्णालीले दिएको १८५ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमै अलआउट हुन पुग्यो।

कर्णालीका लागि दिनेश अधिकारीले ६ ‍ओभरमा १ मेडन राख्दै ३ विकेट लिए। उनले १८ रन मात्र दिए। यस्तै अनुज चनरा र दिपेन्द्र रावतले २/२ विकेट लिए। ब्याटिङमा लुम्बिनीका कृष्ण कार्कीले ४७ रन जोडे। त्यसअघि टस जितेको लुम्बिनीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन जोड्यो।

कर्णालीका लागि दिनेश अधिकारीले नटआउट ५६ रन जोडे। उनले ५९ बलमा ६ चौका र २ छक्का प्रहार गरे। दिपेन्द्र रावतले ४७ रन र हिमांशु शाहीले २५ रनको योगदान गरे। बलिङमा लुम्बिनीका निर्मल गुरुङ र अभिषेक गौतमले ३-३ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस