काँग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाउनुअघि अभिमुखीकरण दिँदै « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला पठाउनुअघि अभिमुखीकरण दिँदै


३ माघ २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला खटिने केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण दिने तयारी गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार जिल्ला खटिने नेताहरूलाई अभिमुखीकरण दिन लागिएको हो ।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार माघ ७ गतेदेखि माघ २२ गतेसम्म समुदायमा काँग्रेस अभियान चलाउने केन्द्रीय समितिले निर्णय अनुरूप जिल्ला खटिने प्रतिनिधिलाई अभिमुखीकरण दिन लागिएको हो ।

काँग्रेसले गत कात्तिकमै समुदायमा काँग्रेस अभियान सञ्चालन गर्ने भने पनि त्यसबेला स्थगित गरिएको थियो। पुस १५ मा बसेको केन्द्रीय समिति बैठकले समुदायमा काँग्रेस अभियान माघ ७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो।

जिल्ला खटिने नेताहरूलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतले ७७ जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने कार्यतालिका छ।

Tags :
प्रतिक्रिया दिनुहोस