भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा


३ माघ २०८०, बुधबार


काठमाडौँ । सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ। गत एक महिनादेखि हमाससँग युद्धमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरूलाई सबै कामहरुबाट निष्कासन गरिसकेको छ भने नयाँ काममा उनीहरूलाई कतै पनि प्रवेश गर्न कडा निषेध गरेको छ।

इजरायलको १५ सदस्यीय प्रतिनिधिमण्डल भारतको उत्तर प्रदेश सरकारसँग आफूलाई आवश्यक पर्ने दक्ष सवारी चालक सहयोग माग्दै औपचारिक प्रक्रियामा जुटिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

सवारी चालकका लागि आकर्षक तलब र विभिन्न बिमा सुविधा पनि प्रस्ताव गर्दै इजरायलले उपचार बिमा सहित मासिक तलब भारतीय रुपैयाँ १ लाख ३७ हजार, गासवास र मासिक १६ हजार ५१५ मासिक बोनस समेत प्रदान गर्ने प्रस्ताव गरेको छ।

युद्धग्रस्त देशमा भारतीय कामदार लैजान अनुमति दिने कि नदिने भन्ने विषयमा भारतले स्पष्ट नीति सार्वजनिक नगरेकाले उत्तर प्रदेश सरकारले सवारी चालक भर्ना गर्न इजरायली प्रतिनिधिमण्डललाई अनुमति दिएको जनाइएको छ। एकसाता पछि हरयाणामा नयाँ सवारी चालक भर्ना सुरु गर्ने बताइएको छ।

इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएपछि सवारी चालक भर्नाका लागि उताबाट प्रतिनिधि भारत आएको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस