२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा पनि मनाइयो २६ औ भूकम्प सुरक्षा दिवस 

अ+ अ-

डोटी । २६ औ भूकम्प सुरक्षा दिवस डोटीमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौँ,भूकम्प थेग्ने संरचना बनाऔँ” भन्ने मूल नाराका साथ जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको दिवस समारोह कार्यक्रम सिलगढीको इन्द्रचोक बाट जिल्ला प्रशासनसम्म र्‍यालीसहित कार्यक्रमको आयोजना गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला बिपद व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले डोटी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेकोले आम नागरिक भूकम्पबाट सुरक्षित रहन जागरूक हुनुपर्ने बताए ।

उनले भने,‘भूकम्पबाट सुरक्षित रहन अपनाउनु पर्ने उपायहरू हरेक नागरिक, व्यक्ति,समुदायले आत्मसाथ गर्नुपर्छ, पालिकाहरूले भवन संहितालाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, पालिकाभित्र रहेका पुराना भवनहरूको लेखाजोखा गरी जोखिम कम गर्न व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।’

यस क्षेत्रमा काम गर्ने सङ्घ संस्था र सरोकारवाला निकायले पनि आम नागरिकलाई भूकम्पबाट बच्च जागरूक र जानकारी हुने कार्यक्रमलाई जोड दिन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए । 

जिल्ला विपद् व्यवस्थापन समितिको पुस २९ गते बसेको बैठकले भूकम्प सुरक्षा दिवसको अवसरमा जिल्ला स्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्नुका साथै पालिकाहरूलाई विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

जिल्ला स्तरमा सञ्चालन भएको दिवस समारोह कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रमुख प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय, पत्रकार स्थानीय लगाएको सहभागिता रहेको थियो ।