भुवन केसीले भने-नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन पहल भइरहेको छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भुवन केसीले भने-नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन पहल भइरहेको छ


२ माघ २०८०, मंगलबार


काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन्। मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरूले प्रतिस्पर्धा गर्न सक्ने बताए। नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरूले अहिले पहल गरिरहेको उनले जनाए।

चलचित्र निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने वातावरण नरहेको उनको थियो।

‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्म रुले प्रतिस्पर्धा गर्न सक्छन्। विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन। त्यसको लागि पहल गरिरहेका छौँ। शतप्रतिशत लगानी गर्न नपाए पनि ४९ प्रतिशत लगानी गर्न सक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ।’ उनले भने।

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको उल्लेख गरे।

Tags :
प्रतिक्रिया दिनुहोस