इलाम-२ मा रास्वपाले खोज्यो स्थानीय उम्मेदवार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इलाम-२ मा रास्वपाले खोज्यो स्थानीय उम्मेदवार


२ माघ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउने भएको छ । उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उपनिर्वाचन हुँदैछ ।

उम्मेदवार छनोटमा स्थानीय व्यक्तिलाई प्राथमिकता दिने महामन्त्री मुकुल ढकालले जानकारी दिए । यसअघि भएको उपनिर्वाचनमा रास्वपाले स्थानीय उम्मेदवार बनाएको थिएन । चितवन-२ मा रवि लामिछाने, तनहुँ-१ मा डा. स्वर्णिम वाग्ले र बारा-२ मा रमेश खरेल उम्मेदवार बन्दा तीनै जना स्थानीय उम्मेदवार थिएनन् ।

लामिछाने र वाग्लेले चुनाव जिते पनि बाराका उम्मेदवार खरेलले निकै कम मत पाएका थिए । कोशीमा प्रदेश नामकरणको मुद्दा विवादमा परेको छ । त्यसैले इलाममा बाहिरका व्यक्ति उम्मेदवार बनाउँदा नकारात्मक सन्देश जान सक्ने रास्वपाको आङ्कलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस