२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमाथि सुदूरपश्चिमको १३४ रनको फराकिलो जित

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेको छ। भैरहवामा मंगलबार भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

सुदूरपश्चिमले दिएको २७८ रनको लक्ष्य पछ्याएको कर्णाली ३७.२ ओभरमा १४३ रनमा अलआउट भयो। कर्णालीका लागि दिवान पुनले सबैभन्दा बढी ३८ रन जोड्दा अरू ब्याटर सस्तैमा आउट भयो।

बलिङमा सुदूरका शेर मल्लले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिए। विकास आग्रीले २ विकेट लिए भने नारायण जोशी, भोजराज भट्ट र नरेन भट्टले १/१ विकेट लिए। त्यसअघि सुदूरपश्चिमका ओपनरद्वय खडक बोहरा र टेक रावत तथा किरण ठगुन्नाले अर्धशतक प्रहार गरे।

टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका ओपनरबीच पहिलो विकेटका लागि १३८ रनको साझेदारी भएको थियो। जसमा टेकले ५९ रन बनाउने क्रममा ९१ बलमा ७ चौका प्रहार गरे। खडकले ११४ बलमा ६ चौका प्रहार गर्दै ८० रनको योगदान गरे। यस्तै मध्यक्रमका ब्याट्सम्यान किरणले रनआउट हुनुअघि ५० रन जोडे।

तीन खेलाडीको अर्धशतक तथा नारायण जोशीले १२ बलमा १ चौका ३ छक्काको मद्दतमा नटआउट ३१ रन जोडेको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा २७७ रन जोड्यो। बलिङमा कर्णालीका दिनेश अधिकारी, उमेश सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले १/१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस