जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग तीन लाख धरौटी माग « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जलहरी प्रकरणमा मुछिएका तत्कालीन सदस्य सचिव थापासँग तीन लाख धरौटी माग


२ माघ २०८०, मंगलबार


काठमाडौँ । पशुपतिनाथको जलहरी निर्माण भ्रष्टाचारका आरोपी पशुपति क्षेत्र विकास कोषका निलम्बित सदस्य सचिव डा. मिलनकुमार थापासँग तीन लाख धरौटी मागिएको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले थापालाई पुस २५ मै तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा हिनामिना गरेको आरोपमा कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सम्बन्धित समाचार : जलहरी घोटाला प्रकरणमा सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा बिगो माग दाबी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस