मधेशमाथि बागमतीको जित, एकै ओभरमा चारसहित सूर्य तामाङले लिए छ विकेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेशमाथि बागमतीको जित, एकै ओभरमा चारसहित सूर्य तामाङले लिए छ विकेट


२ माघ २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशका बलर सूर्य तामाङले मधेश प्रदेशविरुद्ध ह्याट्रिक गरेका छन्।

सूर्यले २९औँ ओभरमा ह्याट्रिकसहित चार विकेट लिए। पहिलो बलमा मधेसका रुपेश सिंहलाई २ रनमा बोल्ड गरे। दोस्रो बलमा राजेश यादवलाई विकेटकिपर रविन जोशीबाट क्याच गराए। तेस्रो बलमा सांसद अन्सारीलाई क्याच गराएसँगै उनले ह्याट्रिक पूरा गरे। यस्तै उनले अन्तिम बलमा रञ्जित कुमारलाई एलबिडब्लूको धरापमा पारेसँगै उत्कृष्ट बलिङको नमुना पेश गरे।

जारी प्रतियोगितामा तामाङ ह्याट्रिक गर्ने पहिलो बलर बनेका छन्। उनले उनले ६ विकेट लिँदा मधेश २९ ओभरमा १०४ रनमै अलआउट भयो। जसका कारण बागमतीले ८६ रनको जित निकाल्यो। प्रधानमन्त्री कपमा बागमतीको यो पहिलो जित हो।

सूर्यले ९ ओभरमा ६ विकेट लिँदा १८ रन खर्चिए भने ३ मेडन ओभर फ्याँके। बागमतीका लागि प्रतिश जिसी र इशान पाण्डेले २/२ विकेट लिए। प्रतिशले ५ ओभरमा ३ मेडन राख्दा १० रन मात्र खर्चिए। मधेसका लागि पवन सर्राफले सबैभन्दा बढी ४५ रन जोडे। उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गरे।

त्यसअघि मुलपानी मैदानमा टस जितेको मधेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमती ४ बल खेल्न बाँकी छदा १९० रनमा अलआउट भयो। बागमतीका लागि प्रतिश जिसीले ५५ बलमा समान ४/४ चौका र छक्काको मद्दतमा ५९ रन जोडे।बलिङमा मधेसका रुपेश सिंह र अरनिको यादवले २/२ विकेट लिए।

Tags :
प्रतिक्रिया दिनुहोस