बिपीको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिपीको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्र


२ माघ २०८०, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएका छन् ।

मेयर साम्पाङले बिपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका हुन्।

प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की कार्यालयमा हाजिर गराई प्रतिष्ठानमा देखिएको समस्याको निकासा दिन अनुरोध उनले गरेका छन्।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण सेवा प्रभावित भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस