२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्री पाण्डेको दाबी : संघीयतापछि विकासले गति लियो 

अ+ अ-

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता लागू भएपछि मुलुकमा विकासले गति लिएको दाबी गरेका छन् । 

पर्वतको फलेबास नगरपालिका-३ शंकरपोखरीमा आज आयोजित सहिद हरिदत्त तिवारीको २१औँ स्मृतिसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहको सरकार बनेपछि विकासमा पहुँच पुगेको बताए । ठूला योजना संघले, मध्यमखालका प्रदेशले र साना योजनाको जिम्मा स्थानीय तहले लिँदा विकास निर्माणमा एकरूपता आएको उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले दुई सय ४० वर्ष लामो राजतन्त्रका कारण मुलुक पछाडि परेको उल्लेख गर्दै बहुदलीय व्यवस्था आएपछि मुलुकमा चौतर्फी विकास भएको दाबी गरे । लामो समयदेखिको खानेपानी समस्या झेलेको शङ्करपोखरीवासीको समस्यालाई इङ्गीत गर्दै मुख्यमन्त्री पाण्डेले राजा महेन्द्रको पालामा राखिएको खानेपानीको योजनाको समस्या अझै पनि समाधान हुन नसकेको बताए । 

गण्डकी प्रदेश सरकारले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाइ थियो । आर्थिक गतिविधि बढाउनका लागि युवालाई गाउँमा नै बस्ने वातावरण बनाएर कृषिमा लगाउनुपर्नेमा जोड दिए ।