काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘संस्थागत स्वमूल्यांकन’ मा आफूले आफैँलाई ७८.५ अंक दिएको छ । आर्थिक वर्ष २०७९-८० को संस्थागत स्वमूल्यांकन’मा महानगरले सो अंक दिएको हो ।
२९ पुसमा बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्क र प्राप्त अंक सम्बन्धी पेश गरेको विवरण अनुसार महानगरले ७८.५ अंक प्राप्त गरेको हो । महानगरको दोस्रो नगर सभामाले यो विवरणलाई अनुमोदन गरेको छ ।
आर्थिक वर्ष २०७७-७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८/७९ मा ५७.२५ मा पुगेको थियो । आव ०७९-८० मा भने ७८.५ अंक प्राप्त गरी आफ्नो क्षमता सुधार भएको उल्लेख छ ।