टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै


१ माघ २०८०, सोमबार


काठमाडौँ । माघी मनाउने क्रममा भिडभाड हुँदा काठमाडौँको टुँडिखेलमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे सङ्क्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण भिडभाडमा च्यापिएर घाइते भएका हुन् ।

घाइते हुनेमा १० जना महिला र एक जना पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुङ्गेलले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

भित्र बाहिर गर्नेका लागि ढोका एउटै भएकाले भित्र बाहिर गर्ने क्रममा उनीहरू च्यापिएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस