तुर्माखाँद गाउँपालिकाका अध्यक्ष बिसीले दिए जेहेनदार विद्यार्थीलाई आफ्नो पारिश्रमिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष बिसीले दिए जेहेनदार विद्यार्थीलाई आफ्नो पारिश्रमिक


१ माघ २०८०, सोमबार


काठमाडौँ । अछामको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले आफ्नो पारिश्रमिक जेहेनदार विद्यार्थीलाई दिएका छन् ।

अध्यक्ष बिसीले विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गरेका थाल्पाटाको बसुन्धरा माविका कक्षा १ का रमेशबहादुर विक र रेमुकाकुमारी बुढालाई आफ्नो एक महिनाको पारिश्रमिकबाट १५-१५ हजार नगद दिएका हुन्। उनीहरू दुवैजना ४ जिपिए नतिजासहित विद्यालयमा उत्कृष्ट बनेका विद्यार्थी हुन्।

अध्यक्ष बिसीले रमेश र रेमुकाका अभिभावकलाई सम्मानपत्रसमेत दिएका छन्। तुर्माखाँद गाउँपालिका वडा नम्बर-३ भैरवस्थानको थाल्पाटामा रहेको बसुन्धरा माविको ४८औँ वार्षिकोत्सव समारोहमा अध्यक्ष बिसीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको मनोबल बढाउन रमेश र रेमुकालाई आफ्नो पारिश्रमिकबापतको रकम दिएको बताएका छन् ।

आगामी दिनमा विपन्न र अनाथ बालबालिकालाई पनि आर्थिक सहयोग गरी उनीहरूलाई पढाइका लागि खर्च व्यवस्थापन गरिदिने प्रतिबद्धता बिसीले जनाएका छन्। उनले यसै शैक्षिक शत्रभित्र गाउँपालिकाको निकै दुर्गममा रहेको वडा नम्बर १ रहफको बिन्द्रासैनी माविका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पारिश्रमिक रकम दिने घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस