२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको आशालाई निराशामा परिणत नगरौँ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् ।

‘संविधानले जुन परिकल्पना ग¥यो त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न जरुरी छ । ती कानुनहरूको निर्वाह छिटो भन्दा छिटो हुन जरुरी छ । मेरो सबैलाई अनुरोध शुभकामना र आग्रह छ कि संविधान कार्यान्वयनमा जाऔँ । अब आशालाई निराशामा परिणत नगरौँ,’ उनले भने, ‘देशमा निराशा बढेको छ । त्यो भनेको संविधान कार्यान्वयन नहुँदा भएको हो । संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्किन कोही जनता चाहँदैनन् । जनताको चाहना र भावना मैले पनि बुझेको छु । विदेशबाट आएकाको मात्र होइन देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ ।’

राष्ट्रपति पौडेलले संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिए । उनले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना व्यक्त गरे ।