काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि माघ १ गते अर्घाखाँची जाने भएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्न प्रधानमन्त्री ‘प्रचण्ड’ अर्घाखाँची जान लागेको हुन् ।
प्रधानमन्त्री दाहालले अर्घाखाँचीको सदरमुकामस्थित टुँडिखेलमा महासंंघद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक जिल्लामा भित्राउने उद्देश्यबाट नेपाल पत्रकार महासंघ अर्घाखाँचीले दुई महिने अभियान सुरु गर्न लागिएको जनाइएको छ ।