सडक दुर्घटना बढेपछि त्रुटि पत्ता लगाउन यातायात मन्त्रालयद्वारा कार्यदल गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सडक दुर्घटना बढेपछि त्रुटि पत्ता लगाउन यातायात मन्त्रालयद्वारा कार्यदल गठन


२९ पुस २०८०, आइतबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। सडक दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति हुन थालेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरू पत्ता लगाउन पाँच सदस्सीय कार्यदल गठन गरेका हुन्।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस शुक्रबार राति दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाएका थिए। यसबीचमा थानकोट(चित्लाङमा भएको दुर्घटनामा ५ जनाको ज्यान गएको थियो। 

त्यसैगरी शनिबार बाग्लुङको बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो।

दुई दिनभित्र १९ जनाको ज्यान गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । 

सडक दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्सीय कार्यदल गठन भएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस