सत्ता गठबन्धनको बैठकमा बोलाइएन : जनमत पार्टी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सत्ता गठबन्धनको बैठकमा बोलाइएन : जनमत पार्टी


२९ पुस २०८०, आइतबार


काठमाडौँ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दा सरकारमै सहभागी जनमत पार्टी भने बैठकमा सहभागी भएन ।

बालुवाटारमा बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका उम्मेदवारको नामावली सार्वजनिक गर्दै उनीहरूका लागि मत मागेको हो । राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले भने सत्ता गठबन्धनसँग सहकार्य गरेको छैन । उसले मधेश र लुम्बिनीमा १/१ जना उम्मेदवार उम्मेदवार उठाएको छ ।

जनमत पार्टीका अनुसार आइतबार गठबन्धनको बैठकमा उनको पार्टीलाई बोलाइएको थिएन ।

जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट आफ्नो दलले पनि १ सिट पाउनुपर्ने माग गरेको थियो । तर ११ माघमा चुनाव हुने १९ सिटमा काँग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने गरी भागवण्डा भएको थियो ।

अघिल्लो शनिबार भागवण्डाका विषयमा छलफल हुँदा आफूहरूलाई सिट नछुट्याएपछि जनमत पार्टीका अध्यक्ष डा। सीके राउत बैठक छाडेर निस्केका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस