बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर


२९ पुस २०८०, आइतबार


काठमाडौँ । वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।

सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अध्यक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत् राखेको छ । पछिल्लो समय हरेक महिना जसो ब्याजदर घटिरहेको छ । बैंकहरुमा अधिक तरलता र कम लगानी हुँदा निक्षेप व्यवस्थापनमा हम्मेहम्मे परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस