नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई  « प्रशासन
Logo ८ श्रावण २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेर्पा भुलभुले फुटबलको उपाधि दोर्पा चिउरीडाँडालाई 


२९ पुस २०८०, आइतबार


खोटाङ । ‘नेप्रा भुलभुले पुरुष फुटबल’ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा चिउरीडाँडाले जितेको छ।

दिक्तेल रूपाकोट मझुवागढी-६ मा शनिबार सम्पन्न फाइनल खेलमा नेप्रा स्पोर्टस् क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै दोर्पा चिउरीडाँडाले उपाधि हात पारेको हो। उपाधिसँगै दोर्पा चिउरीडाँडाले एक लाख ५० हजार तथा उपविजेता नेप्रा स्पोर्टस क्लबले ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। दोर्पाचिउरीडाँडाका लागि दुवै गोल बिजु भुजेलले गरे। यस्तै नेप्रा स्पोर्टस् क्लबका लागि सुरज राईले गोल गरेका थिए।

प्रतियोगितामा सेमिफाइन खेलेका रतन्छा र दोर्पाबुवालुङ टोलीलाई २५-२५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा दोर्पाचिउरीडाँडाका बिजु भुजेलल सर्वोत्कृष्ट खेलाडी घोषित भए। उत्कृष्ट प्रशिक्षक दोर्पाचिउरीडाँडाकै दिपेश राई चुनिए।

विजेतालाई सांसद रामकुमार राई, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला फुटबल स‌ंघका अध्यक्ष ध्रुवविक्रम राईलगायतले पुरस्कार वितरण गरेका थिए। यही पुस २२ गते शुरु भएको  प्रतियोगितामा १८ टोली सहभागी भएको आयोजक संस्थाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस