१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले आगामी बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आमनेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताएका हुन् । नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठकमा जोड दिएका प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ‘प्रचण्ड’ले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताएका थिए । त्यस अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धिहरु हात पारेको दाबी गरेको पनि प्रवक्ता सापकोटाले बताए ।

‘अबको बजेट बनाउँदा पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहिँ बजेट बनाउँदाखेरी जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ । त्यसो भएपछि जनताको के चाहना छ ? जनताले के चाहेका छन् ? भन्ने कुरा पनि हुन्छ । र, अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दैछ । त्यो सिलिङ बनाउने क्रमसँगै सबैसँग छलफल गरिन्छ,’ अध्यक्ष ‘प्रचण्ड’को भनाइ उद्धृत गर्दै प्रवक्ता सापकोटाले भने, ‘त्यो सिलिङ बनाउने कुरामा पनि आमुल परिवर्तन गरिन्छ भनेर उहाँले भन्नुभएको छ ।’

प्रतिक्रिया दिनुहोस