खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनाद्वारा डोटीको झिग्रानामा सूचना केन्द्र स्थापना « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

खप्तड राष्ट्रिय निकुञ्ज र नेपाली सेनाद्वारा डोटीको झिग्रानामा सूचना केन्द्र स्थापना


२८ पुस २०८०, शनिबार


 डोटी । खप्तड राष्ट्रिय निकुञ्जको कार्यालय बाजुरा र नेपाली सेना सिंह शार्दूल गुल्मको संयुक्त प्रयासमा  खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वारा झिग्राना डोटीमा सूचना केन्द्रको स्थापना गरिएको छ । 

खप्तड राष्ट्रिय निकुञ्जको बारेमा विविध विषयमा जानकारी गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए । 

उनका अनुसार सूचना केन्द्रबाट खप्तड राष्ट्रिय निकुञ्जको बारेमा जानकारी, निकुञ्जभित्र निषेध गरिएका क्रियाकलापहरूको बारेमा जानकारी, निकुञ्जलाई प्लास्टिक जन्य बस्तु रहित बनाउनको लागि जनहितमा जारी सूचना, पर्यटन क्षेत्रबारे निमार्ण गरिएका नीति नियम, ऐन कानुनको बारेमा जानकारी गराइने समेत निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए । 

खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले र  नेपाली सेना सिंह शार्दूल गुल्म सेनानी पुरुषोत्तम कार्कीले सूचना केन्द्रको संयुक्त रूपमा उद्घाटन गरेका हुन । सूचना केन्द्र शुक्रवार देखि सञ्चालनमा आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस