राजदूत सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजदूत सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्वाचित


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका राजदूत रामप्रसाद सुवेदी विश्व व्यापार सङ्गठनको ट्रेड एण्ड डेभलपमेन्ट कमिटीको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आगामी एक वर्षे कार्यकालका लागि सुवेदी निर्विरोध निर्वाचित भएका हुन् । 

सङ्गठनको १२ जनवरी २०२४ मा बसेको जनरल काउन्सिलको बैठकले राजदूत सुवेदीलाई निर्वाचित गरेको हो । 

बैठकले नेपालका राजदूतसहित विभिन्न समितिका लागि आगामी कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचनका लागि गरेको प्रस्तावमा विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरूले समर्थन गरेका थिए । नेपाल सन् २००४ मा विश्व व्यापार सङ्गठनको सदस्य भए पश्चात् उक्त सङ्गठनको टियर १ तहको अध्यक्ष पदमा नेपालका राजदूत निर्वाचित भएको पहिलो अवसर हो ।

Tags :
प्रतिक्रिया दिनुहोस