२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तामाकोशीको लिलामी सेयर ओभर सब्स्क्राइब्ड

अ+ अ-

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लिलामी सेयर सर्वसाधारणको आवेदनबाट नै ओभरसब्स्क्राब भएको छ । मिनी आईपीका रुपमा अधिक आवेदन परेसँगै कम्पनीको सबै सेयर बिहीबार साँझसम्मको आवेदनबाट नै बिक्री भएको हो ।

कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बिहीबार साँझसम्म लिलामी प्रकृयाका लागि तोकिएको बैंक खातामा १ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको छ ।

तोकिएका आवेदन केन्द्रहरुमा आवेदकको भीड लागेसँगै क्यापिटलले दैनिक हजारौंको संख्यामा आवेदन फारम प्रिन्ट गर्दै पठाएको छ । बिहीबार साँझसम्ममा सबै आवेदन केन्द्रहरुमा ३० हजार वटा आवेदन पठाइएको र एकल सर्वसाधारण आवेदकबाट झण्डै १० हजार आवेदन प्राप्त भइसकेको क्यापिटलको भनाई छ । विभिन्न आवेदन केन्द्रमा प्राप्त भएका आवेदनको पूर्ण विबरण आईनसकेको जनाएको क्यापिटलले बैंक खातामा भने १ अर्ब ७० करोडभन्दा बढी रकम जम्मा भइसकेको जनाएको छ ।

कम्पनीले हकप्रद निष्काशनका दौरान बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि लिलामीमा राखिरहेको छ । लिलामीको म्याद सकिने समय नजिकिँदै गर्दा तोकिएका केन्द्रहरुमा आवेदन फारम लिनेको भिड बढ्न थालेको कम्पनीको सहायक सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ । पहिलो चरणमा १० हजार आवेदन छपाई गरिएकोमा पछिल्लो साता दिनमा मात्र प्रत्येक दिन ५ हजारका दरले थप आवेदन फारम छपाई गर्दै आवेदन केन्द्रहरुमा पठाइएको क्यापिटलको भनाई छ ।

सर्वसाधारण आवेदकहरुबाट बिहीबार साँझसम्म परेको आवेदनका आधारमा मात्र लिलामी सेयरको बोलकबोल खुल्ला गर्ने हो भने सबै आवेदकले माग गरे अनुसारको सेयर पाउने अवस्था बनेको छ । यद्यपी संस्थागत लगानीकर्ताहरुको आवेदन आईनसकेको अवस्थामा यस्तो आवेदनले नै लिलामी सेयरको कटअफ निर्धारण गर्ने भएको छ । अहिलेकै अवस्थामा भने केही आवेदकलाई छाडेर प्रतिकित्ता १०० रुपैयाँको दरमा आवेदन दिएकाहरुले पनि सेयर पाउनेछन् ।