ममाथिका आरोप पुष्टि भए राजनीतिबाटै सन्न्यास लिन्छु : स्वास्थ्यमन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ममाथिका आरोप पुष्टि भए राजनीतिबाटै सन्न्यास लिन्छु : स्वास्थ्यमन्त्री बस्नेत


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको गुनासो गरेका छन् ।

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको गुनासो गरेका हुन् ।

मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भएपनि आफूले कटौती गरेको हल्ला चलाएको दाबी गरे । अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनको भनाइ थियो ।

उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्न्यास लिने जिकिर गरे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको मन्त्री बस्नेतको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस