राप्रपाको जलपान कार्यक्रममा ‘प्रचण्ड’सहित शीर्ष नेताहरू उपस्थित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाको जलपान कार्यक्रममा ‘प्रचण्ड’सहित शीर्ष नेताहरू उपस्थित


२७ पुस २०८०, शुक्रबार


काठमाडौँ । राप्रपाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ ।

भृकुटीमण्डपमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।

समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतको उपस्थिति रहेको छ । उनीहरूलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

राप्रपा पुस २७ गतेका दिन नियमितरुपमा जलपानको आयोजना गर्दै आएको छ ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

तीनै राज्यलाई एकतामा सुत्रमा बाँध्ने कार्यको सुरुवाती नेतृत्व पृथ्वीनारायणले गरेका कारण उनलाई राष्ट्रनिर्माताको रूपमा पनि लिइने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस