२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कपमा नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्ने

अ+ अ-

काठमाडौँ । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो ।

टी-२० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र मालदिभ्सले खेल्नेछन् ।

यस प्रतियोगिताको शीर्ष दुई टोलीले महिला एसिया कप टी-२० क्रिकेट खेल्न पाउनेछ ।

एसीसीले सार्वजनिक गरेको क्यालेन्डर अनुसार महिला एसिया कप जुलाईमा हुनेछ । जसमा भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेशसहित प्रिमियर कपका शीर्ष दुई टोली गरी कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको महिला टोलीले पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको आईसीसी वुमन्स टी-२० विश्वकप एसिया रिजन क्वालिफायर खेलेको थियो ।

त्यसपछि नोभेम्बरमा हङकङमा चार देश सहभागी टी-२० सिरिज खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस