ट्याक्टरको ठक्करले बालकको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

ट्याक्टरको ठक्करले बालकको मृत्यु


२७ पुस २०८०, शुक्रबार


विराटनगर । ट्याक्टरको ठक्करले मोरङको सुनवर्षी नगरपालिकामा बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । ठक्करले स्थानीय ११ वर्षीय समीर ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरले ठक्कर दिए लगत्तै उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । उखु लिएर डाइनिया-केरेन्जा भित्री पक्की सडक खण्डमा गुडिरहेको प्रदेश नम्बर ०१-०१-००२ त ०३८८ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका समीरलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि फरार भएका ट्याक्टर चालक स्थानीय तल्लु सोरेनलाई राति प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस