रोहित पौडेलले पाए नेपाल एपीएफ क्लबको कप्तानी, ज्ञानेन्द्र मल्ल प्रशिक्षक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

रोहित पौडेलले पाए नेपाल एपीएफ क्लबको कप्तानी, ज्ञानेन्द्र मल्ल प्रशिक्षक


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाल एपीएफ क्लबले नेपाली राष्ट्रिय क्रिकेट टिमका वर्तमान कप्तान रोहितकुमार पौडेल र पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ ।

शनिबारदेखि सुरु हुने प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै एपीएफले रोहित र ज्ञानेन्द्रलाई अनुबन्ध गरेको हो । यसअघि त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका रोहितले अब एपीएफ क्लबको कप्तानी गर्ने छन् ।

नेपाल एपीएफ क्लबका खेल व्यवस्थापक विजय केसीका अनुसार क्लबले पूर्व कप्तान ज्ञानेन्द्रलाई प्रशिक्षकको रूपमा अनुबन्ध गरेको छ । रोहित र ज्ञानेन्द्रको आगमनपछि एपीएफ क्लबका साथै खेलाडीहरू पनि उत्साहित रहेको केसीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस