बक्यौता नतिरेका उद्योगमा लाइन जोडे पुनः काटी दिने कर्मचारी सङ्गठनहरूको चेतावनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बक्यौता नतिरेका उद्योगमा लाइन जोडे पुनः काटी दिने कर्मचारी सङ्गठनहरूको चेतावनी


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । बक्यौता रकम बाँकी रहेका उद्योगहरूमा महसुल नबुझाई लाइन जोडिदिएमा पुनः काटिदिने नेपाल विद्युत् प्राधिकरणका कर्मचारी सङ्गठनले चेतावनी दिएका छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउँदै चार कर्मचारी सङ्गठनले यस्तो चेतावनी दिएका हुन् ।

प्राधिकरणअन्तर्गत कर्मचारी कल्याण परिषद्, कर्मचारी युनियन, राष्ट्रिय कर्मचारी युनियन र कर्मचारी सङ्घले अदालतले समेत विद्युत् महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा सरकारले महसुल नबुझाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएको भन्दै लाइन जोडिदिएमा पुनः त्यस्ता उद्योगको लाइन काट्ने चेतावनी दिएका हुन् ।

‘अदालतले समेत विद्युत् महसुल असुलउपर गर्न आदेश दिइसकेको अवस्थामा समेत हाल नेपाल सरकारले विद्युत् महसुल रकम नबुझाई उद्योगहरूको लाइन जोड्ने निर्देशन दिइएको भन्ने बुझिन आएको छ । लाइन जोडिएमा हामी पुनः त्यस्ता उद्योगहरूको लाइन काट्न बाध्य हुनेछौँ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता छानबिनका लागि समिति बनाउनुको साथै उद्योगहरूको काटिएको विद्युत् हाललाई जोड्न निर्देशन दिएको थियो । पाँच करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन प्राधिकरणले काटेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस