स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा बढाउने तयारी


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । सरकारले स्वास्थ्य बीमाबाट हुने उपचारको दायरा एक लाखबाट बढाउने भएको छ । योगदान रकममा पुनरावलोकन गर्ने गरी सुविधाको दायरा बढाउने तयारी गरिएको हो ।

बीमा कार्यक्रम परिवारका सबै सदस्य सहभागी हुने गरी परिवारको योगदानमा आधारित छ । प्रति पाँच जनाको परिवारले वार्षिक ३५०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

पछिल्लो समय स्वास्थ्य सेवा आएको महँगीका कारणले नागरिकले पाउने सुविधा कम हुँदै जाँदा त्यसलाई परिमार्जन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बताए ।

बोर्डले उपचारका दायरा कुन मोडलमा बढाउने भन्ने विषयमा बोर्डका सदस्यलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न र विज्ञसँग राय लिने काम गरिरहेको छ । पछिल्लो समय मुटु, क्यान्सर, मिर्गौला जस्ता नसर्ने रोगका कारण नागरिकले उपचारको क्रममा घरखेत नै बेच्नुपर्ने अवस्था छ । डा. लोहनीका अनुसार नागरिकलाई उपचारमा बढी भार परेको रोगलाई लक्षित प्याकेज राखेर पनि दायरा बढाउने योजना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस