हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु


२६ पुस २०८०, बिहिबार


विराटनगर । यात्रुबाहक सवारी साधन हायसको ठक्करले उदयपुरको त्रियुगा नगरपालिका-८ मा एक साइकल यात्रीको मृत्यु भएको छ ।

मदन भण्डारी राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-१-०५-००१ ज ००३५ नम्बरको हायसले विपरीत दिशाबाट गइरहेको गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार ठक्करपछि सिकिस्त घाइते भएका साइकल यात्री उदयपुरकै रौतामाई गाउँपालिका-७ का ३८ वर्षीय तुलसी मङरातीलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने हायस चालक त्रियुगा नगरपालिका-१० का ४५ वर्षीय किश्वर पाण्डेलाई गाडीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस