२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरजु राणाले भनिन् : विवाह लाइसेन्सको व्यवस्था गरौँ

अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन्।

बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी नेत्री राणाले यस्तो बताएकी हुन् । सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाई छ ।

उनले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न सके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने उल्लेख गरिन्।

उनले विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरू आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने बताइन्। उनले यसका लागि वडा तहदेखि कानूनी रूपमा नीति बनाउन आवश्यक रहेको बताइन्।

विवाहअगाडि सबै प्रक्रिया पुर्‍याएर विवाह लाइसेन्स लिएर मात्रै विवाह गर्ने प्रणाली विकास गर्न आवश्यक रहेको बताइन्। उनले धेरै देशहरूमा विवाहअगाडि विवाह लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको पनि बताइन्। उनले बालविवाह, महिला हिंसा, बलात्कारजस्ता विकृतिहरू रोक्नको लागि कानून नै एक मात्र विकल्प हुनसक्ने बताइन्।

उनले भनिन्,‘हाम्रो समाजमा विवाह दर्ता गर्ने प्रचलन छ। विवाह दर्ता गरेन भने कतिपय कुराहरू हामीले पाउँदैनौँ। विवाहको लागि लाइसेन्स लिने राम्रो हुन्छ। यो वडामा नै ल्याउन सकिन्छ। यो एउटा चलन किन सुरु नगर्ने त ?’