‘बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको छु, रेस्पोन्स गर्नुभएको छ’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको छु, रेस्पोन्स गर्नुभएको छ’


२६ पुस २०८०, बिहिबार


काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा उनले कृषिमा किसानहरूले खोजेको सेवा सुविधाअनुसारको बजेटमा जोड दिइन् । बाँदरले बाली नष्ट गरेर किसानहरूले पाएको पीडाप्रति उनले चिन्ता व्यक्त गरिन् ।

आफूले बाँदर व्यवस्थापनका लागि भारतीय राजदूतलाई पत्र लेखेको र रेस्पोन्स राम्रो आएको राणाले बैठकमा जानकारी गराएकी छन् । उनले भनिन्, ‘कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी हो । सरकारले कृषिमा ५ प्रतिशत बजेट हुनुपर्छ भनेर समितिबाट प्रयास गर्छौँ । बाँझो जमिनको विषयमा के गर्न सकिन्छ भनेर गाँजामा अनुसन्धान गर्नेहरूले प्रस्ताव गरिरहेका छन् । समितिमा त्यसको लागि समय दिन्छौँ । किसानहरुको बाली नष्ट गर्ने बाँदरलाई कसरी व्यवस्थापन गर्ने भनेर भारतीय राजदूतलाई पत्र लेखेको थिएँ । उहाँले रेसपोन्स गर्नुभएको छ ।

भारतीय दूतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरूलाई मास्टर तालिम दिने तयारी रहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस