मृगको मासुसहित एक जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

मृगको मासुसहित एक जना पक्राउ


२६ पुस २०८०, बिहिबार


पक्राउ

बर्दिया । बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ गुलरिया नगरपालिका-१ छेदापुरका ३२ वर्षीय दिपचन्द्र कोरी रहेका छन् ।

कोरीको साथबाट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए ।

जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस