प्रहरी सहायक निरीक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रहरी सहायक निरीक्षक घुस रकमसहित अख्तियारको नियन्त्रणमा 


२५ पुस २०८०, बुधबार


काठमाडौँ । बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् । 

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई नियन्त्रणमा लिएको हो ।  

उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस