डोटीमा भालुको आक्रमणबाट एक जना घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डोटीमा भालुको आक्रमणबाट एक जना घाइते


२५ पुस २०८०, बुधबार


डोटी । डोटीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन्। जिल्लाको आदर्श गाउँपालिका-३ काँडीकी ३५ वर्षीया राजुदेबी रोकाया घाइते भएकी हुन् । 

स्थानीय नरेन्द्र रोकायाका अनुसार भालुले हात, मुख कोतारेको तथा बायाँ खुट्टाका औँला चपाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले रोकायालाई करेसा बारीमा काम गरिरहेका बेला आज दिउँसो ३ बजे तीर भालुले आक्रमण गरेको बताए। उनलाई थप उपचारका लागि कैलाली रेफर गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस