स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर


२५ पुस २०८०, बुधबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रूपमा बुझाउनुपर्ने दस्तुर हेरफेर गरेको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो ।

अब सर्जिकल विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले प्रतिवर्ष १५०० रुपैयाँ बुझाउनुपर्नेछ । यस्तै सर्जिकल बाहेक अरु विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले १ हजार १००, एमबीबीएस, बिडिएस लगायतले ७५० रुपैयाँ बुझाउनुपर्नेछ ।

चिकित्सक बाहेकका स्वास्थ्यकर्मीको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो भन्दा माथिकाले ६५०, सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरेकाले ५०० तिर्नुपर्छ ।

यस्तै सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र वा सो सरहको योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ४०० र सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह भन्दा कम योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ३६५ बुझाउनुपर्ने छ । स्वास्थ्य संस्थाले वार्षिक रूपमा प्रति संस्था दुई हजार र १० बेड भन्दामाथि (प्रति बेड) बापत १०० तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस