राष्ट्रिय सभा निर्वाचन समन्वय समिति संयोजकमा लेखक, सबै जिल्लामा समिति बनाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभा निर्वाचन समन्वय समिति संयोजकमा लेखक, सबै जिल्लामा समिति बनाइने


२५ पुस २०८०, बुधबार


काठमाडौँ । सत्ता गठबन्धनद्वारा गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठक पहिलो बैठक बसेको छ। आज बसेको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि गठबन्धनको उम्मेदवार जिताउन आह्वान गरेको हो।

बैठकले राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा समिति सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ । सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन प्रदेश समन्वय समिति २०८० र ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति २०८० गठन गर्ने निर्णय पनि गरिएको छ ।

मंगलबार बसेको गठबन्धन बैठकले गठबन्धनको उम्मेदवार जिताउन ४ सदस्यीय समन्वय समिति गठन गरेको थियो । समितिमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, माओवादीबाट वर्षमान पुन, नेकपा एसबाट राजेन्द्रप्रसाद पाण्डे र जसपाबाट मनिष सुमन रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस