सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथग्रहण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिद्वारा शपथग्रहण


२५ पुस २०८०, बुधबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाका चारवटा समितिका सभापतिले शपथग्रहण गरेका छन्। प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले आज एक कार्यक्रमकाबीच चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

चारै जना सभापति निर्विरोध निर्वाचित भएका हुन्। मंगलबार सभापति पदमा मनोनयन गरेका चारै जना आजै निर्विरोध भएका थिए। निर्विरोध निर्वाचित हुनेमा विधायन तथा प्रदेश मामिला समितिमा काँग्रेसका दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा एमाले का वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा (एकीकृत समाजवादी) का माया पन्त छन्।

माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाबीच भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस