चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन


२५ पुस २०८०, बुधबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिइसकेको बताएका छन् ।

संसद सचिवालयमा आज भएको प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिमा मन्त्री भुसालले उक्त जानकारी दिएका हुन् ।बैठकमा समिति सभापति आरजू राणा देउवाले मन्त्रीलाई किसानको रकम भुक्तानीका विषयमा प्रश्न गरेकी थिइन् ।

त्यसको जवाफ दिँदै मन्त्री भुसालले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई चैतभित्र किसानलाई भुक्तानी दिन निर्देशन दिइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस