पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी


२५ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘मलाई विश्वास छ आउने केही दिनमा पञ्चेश्वरको ब्रेक थ्रू हुन्छ । त्यसले नेपालको अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक असर पर्छ’, प्रधानमन्त्रीको दाबी छ । पञ्चेश्वर परियोजना ५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।

समितिमा प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण र विदेश मन्त्री जयशंकरको नेपाल भ्रमणले नेपाल भारत सम्बन्ध थप बलियो बनाउने आधार प्रस्तुत भएको बताए । त्यस क्रममा उनले १० हजार मेगावाट बिजुली निर्यात गर्न सफल भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस