आज मात्रै सभामुखमा नियुक्त भएका विष्टलाई उम्मेदवारी फिर्ता लिन राप्रपाको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आज मात्रै सभामुखमा नियुक्त भएका विष्टलाई उम्मेदवारी फिर्ता लिन राप्रपाको निर्देशन


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । राप्रपा केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेश सभाको सभामुखमा उम्मेदवारी दिएका अम्बर थापाको उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देन मलेसियामा रहेका बेला लोहनीले विज्ञप्ति जारी गर्दै पार्टीको आन्दोलनमा जाने निर्णयविपरित उम्मेदवारी दिएको भन्दै फिर्ता लिन आवश्यक कदम चाल्न कार्य समितिलाई निर्देशन दिएका हुन् ।

मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार : कोशीका सभामुख अम्बरबहादुर विष्टले लिए शपथ

सम्बन्धित समाचार : कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित

साउन १६ गतेबाट रिक्त रहेको कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध भए ।

कोशी प्रदेशको सभामुखमा उनको मात्रै उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई नै सभामुख दिने सहमति गरेको थियो । सहमतिअनुसार राप्रपाले सभामुख पद लिने भएपछि एमालेको समेत समर्थनमा विष्ट कोशीको सभामुख भएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस