कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीको सभामुखमा अम्बरबहादुर विष्ट निर्वाचित


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला समर्थक र प्रदेश सभा सदस्य प्रेमराज थामसुहाङ समर्थक थिए ।

सत्तारुढ गठबन्धनले सभामुख राप्रपालाई दिएपछि नेकपा एमालेले पनि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस