कमल थापाले भने-राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कमल थापाले भने-राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ


२४ पुस २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका छन् ।

पोखरामा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने अन्तिम विकल्प जनआन्दोलन भएको भन्दै आफ्नो पार्टी जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको बताएका हुन् ।

‘राजनीतिक दलहरू तयार हुने हो भने यहीँ संविधानबाट नै यो परिवर्तनलाई संस्थागत गर्न सकिन्छ । सहमति र सहकार्यबाट परिवर्तन संस्थागत नगर्ने हो भने अन्तिम विकल्प जनआन्दोलन नै अन्तिम विकल्प रहनेछ,’ ‘उनले भने, ‘राप्रपा नेपालले जनआन्दोलनको प्रारम्भिक तयारी गरिसकेको छ ।’

जनआन्दोलन एउटा पार्टीको मात्र नहोस् भनेर बृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेको अध्यक्ष थापाले सुनाए ।

‘जनआन्दोलन केबल एउटा पार्टीको मात्र नहोस् भनेर हामीले बृहत् राष्ट्रिय मोर्चाको अवधारणा अघि सारेका छौँ । सामूहिक नेतृत्वको मान्यता अनुसार सबैको सहभागिता रहने गरी देशमा क्रियाशील राष्ट्रवादी देश भक्त, प्रजातान्त्रिक, हिन्दुवादी, राजावादी सबै बृहत् मोर्चामा आउन निमित्त आव्हानसमेत गर्दछु,’ उनले भने

Tags :
प्रतिक्रिया दिनुहोस